१२ असार २०८३, शुक्रबार | June 26, 2026

विश्व मिर्गौला दिवसको अवसरमा सचेतनामूलक र्‍यालि



बुटवल । विश्व मिर्गौला दिवस, स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा नारासहित नेपालमा पनि मनाईएको छ । दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामूलक र्‍यालि निकालिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजना तथा रोटरी डिष्ट्रिक ३२९२ को सहकार्यमा वृहत सचेतनामूलक र्‍याली निकालिएको हो ।

बुटवल पुष्पलाल पार्कबाट निकालिएको र्‍याली रामनगरस्थित बुटवल मण्डपमा पुगेर समापन गरिएको थियो । र्‍याली समापनको अवसरमा बोल्दै बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा। रजत कायस्थले अन्य रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको मृत्यु हुने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताए । ‘नेपालमा ३ करोड जनसंख्यामध्ये ३० लाखमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या छ, कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको समस्या हुनु डरलाग्दो तथ्यांक हो,’ उनले भने ।

सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने उनले बताए। ‘मानिसहरुमा खानपानको नियन्त्रण, नियमित व्यायाम, नियमित स्वास्थ्य जाँच गर्ने बानी बसाल्ने गरि अभियान चलाउनुपर्छ,’ उनले भने ।

डा। कायस्थका अनुसार नेपालमा बर्षेनि करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको छ । हाल देशमा करिब पाँच हजारजनाको निःशुल्क तथा एक हजारजनाको सशुल्क हेमोडाइलाइसिस र तीन सयजनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा करिब दुई हजार जनाले मिर्गौला प्रत्यारोपण गरि जिवन बिताईरहेका छन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा। समिर गौतमले मधुमेह र रक्तचापका कारण मृगौलामा पनि समस्या देखिने गरेको बताए। ‘साईलेन्ट किलरका रुपमा चिनिने मृगौलारोगको प्रमुख कारण नै उच्च रक्तचाप र मधुमेह हो, ‘उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न सके थोरै भएपनि मृगौलाको समस्याबाट जोगिन सकिन्छ,’ उनले भने ।

डा। गौतमले नियमित रुपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुने र यसबाट उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिने बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्र ध्वजु, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव बाबुराम बोहोरा लगायतले भनाइ राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ६ : ०९ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण