१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

विश्व मिर्गौला दिवसको अवसरमा सचेतनामूलक र्‍यालि



बुटवल । विश्व मिर्गौला दिवस, स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा नारासहित नेपालमा पनि मनाईएको छ । दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामूलक र्‍यालि निकालिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजना तथा रोटरी डिष्ट्रिक ३२९२ को सहकार्यमा वृहत सचेतनामूलक र्‍याली निकालिएको हो ।

बुटवल पुष्पलाल पार्कबाट निकालिएको र्‍याली रामनगरस्थित बुटवल मण्डपमा पुगेर समापन गरिएको थियो । र्‍याली समापनको अवसरमा बोल्दै बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा। रजत कायस्थले अन्य रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको मृत्यु हुने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताए । ‘नेपालमा ३ करोड जनसंख्यामध्ये ३० लाखमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या छ, कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको समस्या हुनु डरलाग्दो तथ्यांक हो,’ उनले भने ।

सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने उनले बताए। ‘मानिसहरुमा खानपानको नियन्त्रण, नियमित व्यायाम, नियमित स्वास्थ्य जाँच गर्ने बानी बसाल्ने गरि अभियान चलाउनुपर्छ,’ उनले भने ।

डा। कायस्थका अनुसार नेपालमा बर्षेनि करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको छ । हाल देशमा करिब पाँच हजारजनाको निःशुल्क तथा एक हजारजनाको सशुल्क हेमोडाइलाइसिस र तीन सयजनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा करिब दुई हजार जनाले मिर्गौला प्रत्यारोपण गरि जिवन बिताईरहेका छन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा। समिर गौतमले मधुमेह र रक्तचापका कारण मृगौलामा पनि समस्या देखिने गरेको बताए। ‘साईलेन्ट किलरका रुपमा चिनिने मृगौलारोगको प्रमुख कारण नै उच्च रक्तचाप र मधुमेह हो, ‘उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न सके थोरै भएपनि मृगौलाको समस्याबाट जोगिन सकिन्छ,’ उनले भने ।

डा। गौतमले नियमित रुपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुने र यसबाट उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिने बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्र ध्वजु, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव बाबुराम बोहोरा लगायतले भनाइ राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ६ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का