५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

शहिद यादवनाथ आलोकको स्मृतिमा भोलिदेखी दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको तिलोत्तमा-५ मा शहिद यादवनाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो ।

आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलोकको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए । तिलोत्तमा-५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।

कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : ०८ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन