२ पुस २०८२, बुधबार | December 17, 2025

मकै पोल्ने र सालको पात बेच्नेलाई बुटवल उपमहानगरपालिकाको सहयोग



बुटवल । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए। उनले नगरले दिएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई अरु स्तरीय बनाउनका लागि सहयोग हुने बताए।

उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उदेश्य लिएको र सोहीअनुसार काम गर्दै गएको बताए। उनले बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएको बताउँदै नगरबासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताए।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन मदत हुने गरी सहयोग गरेको बताइन्।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : ३४ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११