२ पुस २०८२, बुधबार | December 17, 2025

कैलालीमा धमाधम लाइटर बोकेको ट्रकमा आगलागी



धनगढी । कैलालीमा एकपछि अर्को लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । कर्णाली चिसापानीस्थित पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा आगलागी भएको हो ।

शनिबार दिउँसो साढे ३ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा पूर्वबाट पश्चिम आउँदै गरेको लाइटर,खुर्सानी र बच्चाको डाइपर लोडभएको प्रदेश ३-०३-००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकको आगलागी झण्डै २ घण्टा लगाएर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा आएको उनले बताए ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा लाइटर बोकेको अर्को ट्रकमा एक्कासि आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर पुलको मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ३३ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा