२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

पुटिनले दिएको लक्जिएर्स कारमा चढन थाले किम जोङ



प्योङयाङ । उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् । यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको सम्बन्ध सुदृढ भएको पनि उल्लेख गरेकी छन् ।

वास्तवमा हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली तानाशाह किम जोङलाई महँगो लक्जरी कार ‘सिनेट लिमोसिन’ उपहार दिएका थिए । अब किम जोङ यो रुसी कारमा सवार भएका छन् । कारको प्रयोगलाई रुस र उत्तर कोरियाबीचको सम्बन्धलाई मजबुत बनाउनका लागि हेरिएको छ ।

पुटिनले फेब्रुअरी महिनामा किम जोङलाई यो कार पठाएका थिए । पुटिनले सेप्टेम्बर महिनामा रुसमा भएको शिखर सम्मेलनमा भेटका क्रममा उत्तर कोरियाली नेतालाई यो कार देखाएको बताइएको छ ।

अर्कोतर्फ पर्यवेक्षकहरूले यो उपहारलाई संयुक्त राष्ट्र संघको प्रस्तावको उल्लङ्घन भनेका छन् । वास्तवमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ कि रूसले उत्तर कोरियामा विलासिताका सामानहरू पठाउन सक्दैन । यो प्रस्तावको उद्देश्य उत्तर कोरियालाई दबाब दिनु हो ताकि किम जोङले आफ्नो आणविक विस्तार योजना बन्द गरोस् ।

सरकारी सञ्चारमाध्यममा प्रकाशित एक विज्ञप्तिमा किम जोङकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले शनिबार किम जोङ उनले पहिलो पटक रुसी लक्जरी कार प्रयोग गरेको बताएकी छन् ।

रुसी सरकारी मिडियाका अनुसार ओरस रुसको पहिलो लक्जरी कार ब्रान्ड हो । सन् २०१८ मा पुटिनले ओरस लिमोजिन कार प्रयोग गरेका थिए, त्यसपछि यो कार देशका उच्च अधिकारीहरूको काफिलेमा परेको छ । रुसले किम जोङले रुसी कारको प्रयोगलाई रुस र उत्तर कोरियाबीचको सम्बन्धलाई सुदृढ बनाउनका लागि प्रस्तुत गरेको छ । भनिन्छ कि किम जोङसँग महँगो लक्जरी कारहरूको पूरै फ्लीट छ। हालै किम जोङ सैन्य अभ्यासका क्रममा ट्याङ्की चलाएको पनि देखिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ३० बजे

Your email address will not be published.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र

रास्वपा प्रवक्ता खरेल भन्छन् – प्रधानमन्त्रीका कदममा पार्टीको पूर्ण समर्थन छ

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं

तिहारको अवधिमा सुनको भाउ तोलामा १४ हजार बढीले घट्यो, चाँदी पनि ओरालोमा

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा