३१ बैशाख २०८१, सोमबार | May 13, 2024

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले सिटौलाले कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको मुद्दामा जिकिर गरेको छ ।

अख्तियारका अनुसार सिटौलाले ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको समेत पाइएको छ । सो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।

सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफथ गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ०१ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट