२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सविन भट्टराई ‘लियो जिल्ला परिषद ३२५-जे’ को अध्यक्षमा निर्वाचित



काठमाडौं । लियो सविन भट्टराईलाई ‘लियो जिल्ला परिषद् ३३५ जे’को अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरा सभागृहमा शनिबार  सम्पन्न लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  परिषद बैठक तथा अधिवेशनले लायन वर्ष २०२४/२५ को लागि जिल्ला अध्यक्षमा लियो क्लब अफ काठमाडौं उपकारका पूर्वअध्यक्ष भट्टराई र उपाध्यक्षमा लियो क्लब अफ गोरखाका पूर्व अध्यक्ष लियो बालकृष्ण परियारलाई निर्वाचित गरेको जिल्ला प्रवक्ता लियो सुदिपराज फुयालले जानकारी दिए ।

३२ विभिन्न क्लबबाट उपस्थित १५० भन्दा धेरै लियो सहभागिको बीचमा भएको अधिवेशनले आगामी वर्षको नेतृत्व सफलताका साथ छान्न सफल भएको जिल्ला प्रवक्ता फुयालले बताए ।

निर्वाचित अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला सचिवमा लियो क्लब अफ काठमाडौं मिलनका निवर्तमान अध्यक्ष लियो आशिष थापा र जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ चौतारी पोखराका निवर्तमान अध्यक्ष लियो लिला बल्लभ अर्याल मनोनित भएका छन् । यस्तै, अन्य विभिन्न पदाधिकारी पनि मनोनित भएको र बाँकी रहेका अन्य पदाधिकारीहरु आगामी लायन वर्षको सुरुवात अगावै मनोनयन गरिसकिने समेत प्रवक्ता फुयालले जानकारी गराए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ०६ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र