१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रेखाको उपहार : अमेरिकाको कोलोराडाे राज्यमा हाउसफुल



काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म उपहारले बिदेश प्रदर्शन यात्राको सुरुआत गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो ।

दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ भोली १९ मार्चमा अर्को शो राखिएको फिल्मका  कार्यकारी  निर्माता बलराम  शाही ठकुरीले बताए । येस्तै अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भैरहेको जानकारी  निर्माता शाहीले दिए ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म उपहार यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले मालिकापछि यो फिल्मबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेकाे चर्चा भइरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । येस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ४५ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा