२८ मंसिर २०८२, आइतबार | December 15, 2025

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी



भैरहवा । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमबारको खेलमा सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सहजै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर १ बलमै अलआउट हुँदै जम्मा ९८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न सैनामैनाका गणेश गौतमले ६.१ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २६ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुनिल पौडेलले ३ तथा श्रीराम गैरेले १ विकेट लिन सफल भए । ज्ञानोदयका लागि भुवन गैरेले ३३, प्रतीक भट्टराईले १६ र मनिष पौडेलले १३ रन बनाए । उसका ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किंदा अन्य ३ खेलाडीले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो ।

प्रतिउत्तरमा ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३ ओभर २ बलमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सुनिल पौडेलले ३८, मनिष क्षेत्रीले अविजित २० तथा सुजन क्षेत्रीले १७ रनको योगदान दिए । बलिङमा ज्ञानोदयका आषिश अलीले २ तथा लक्ष्मण खत्री र मनिष पौडेलले समान १–१ विकेट लिए । मैनामैनाका गणेश गौतम म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : ३३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर