१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी



भैरहवा । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमबारको खेलमा सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सहजै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर १ बलमै अलआउट हुँदै जम्मा ९८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न सैनामैनाका गणेश गौतमले ६.१ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २६ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुनिल पौडेलले ३ तथा श्रीराम गैरेले १ विकेट लिन सफल भए । ज्ञानोदयका लागि भुवन गैरेले ३३, प्रतीक भट्टराईले १६ र मनिष पौडेलले १३ रन बनाए । उसका ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किंदा अन्य ३ खेलाडीले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो ।

प्रतिउत्तरमा ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३ ओभर २ बलमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सुनिल पौडेलले ३८, मनिष क्षेत्रीले अविजित २० तथा सुजन क्षेत्रीले १७ रनको योगदान दिए । बलिङमा ज्ञानोदयका आषिश अलीले २ तथा लक्ष्मण खत्री र मनिष पौडेलले समान १–१ विकेट लिए । मैनामैनाका गणेश गौतम म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : ३३ बजे

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको

युएई आक्रमणमा नेपाली युवाको मृत्युमा गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको