६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वार्षिकोत्सवको मूल समारोह भोलि



बुटवल । बुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश गरेको छ । ३२ औँ वार्षिकोत्सवको अवसरमा क्याम्पसले एक हप्तादेखि हरेक दिन विभिन्न कार्यक्रम समेत गरिरहेको छ ।

क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गरिएको र मूल समारोह भोलि हुने जनाएको हो । क्याम्पसले फागुन ३० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गरेको क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बताए । सप्ताहव्यापी कार्यक्रम सम्पन्न भइसकेको र मंगलबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आरतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सवको मनाइने क्याम्पस प्रमुख शर्माले बताए ।

वार्षिकोत्सवको अवसरमा मंगलबार नव निर्मित पुस्तकालय भवनको उद्घाटन,क्याम्पसका पूर्व अध्यक्ष स्व।सूर्यप्रसाद प्रधानको स्मृति सभाहलको नामाकरण र सेमिनार हल शुभारम्भ, तथा उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार वितरण,सम्मान गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शर्माले आफु १२ औँ क्याम्पस प्रमुखको रुपमा आफुले नेतृत्व गरिरहेको र यसलाइ उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने गरी आफु लागि रहेको बताए । पछिल्लो समय विद्यार्थीहरु विदेशीने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै बताउँदै यसलाई राज्यले रोक्नु पर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको ५ कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल १२ मा जग्गा ब्वस्थापन गरि नयाँ कार्यक्रम लागु गर्नको लागि पहल भइरहेको जानकारी दिए । अक्षयकोषको स्थापना गरी विपन्न घर परिवारका विद्यार्थीलाई सोही छात्रावृत्तिबाट पढाउने योजना रहेको उनले बताए ।

क्याम्पसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३१ गते वक्तृत्वकला र बास्केटबल प्रतियोगिता, चैत्र १ गते हाजिरि जवाफ, चैत्र २ गते कुर्सी दौड, चैत्र १ र २ गते छात्र क्रिकेट र छात्रछात्रा भलिवब प्रतियोगिता, चैत्र ४ गते स्पिलिङ्ग कन्टेस्ट ९हिज्जे० र चैत्र ५ गते रक्तदान कार्यक्रम गरेको सहायक क्याम्पस प्रमुख कृष्ण खनालले बताए । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको सहायक क्याम्पस प्रमुख खनालले बताए ।

बिस २०४८ साल असोज २१ गते स्थापना भएको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा १ हजार २ सय ८० र कक्षा ११र १२ मा ४३५ विद्यार्थीहरु गरि कुल १ हजार ७ सय ७५ विद्यार्थी रहेका छन् भने ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका छन् ।

यसअघिका नतिजामा सर्बोत्कृष्ट नतिजा ल्याएर नेपालमा टप समेत गरेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा हाल एमबिएस एमएड बिबिएस बिएड तथा कक्षा ११ र १२ मा म्यानेजमेन्ट,एजुकेशन र हुमानिटिज स‌कायमा अध्ययन अध्यायपन हुँदै आएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : ०८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस