९ पुस २०८२, बुधबार | December 24, 2025

वनभोज कार्यक्रम सम्पन्न



बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-५ कुसुमखोला दर्लाम डाँडामा जन्म भई हाल विभिन्नि पेशा व्यवसाय गरी विभिन्न शहरमा बस्दै आएकाहरु बीच शनिबार तिलोत्तमामा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले दर्लाम डाँडामा जन्मिएर हाल देशका विभिन्न ठाउँ तथा विदेशमा समेत रहेकाहरु बीचको एकताका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

कपिल आचार्यको संयोजकत्वमा गठित समितिमा तिलकराम आचार्य, राधा आचार्य (भुषाल), मञ्जु नेपाल र लिला आचार्य सदस्य रहेका छन् । भेलामा बुटवल, तिलोत्तमा, नवलपरासी, कपिलवस्तु, काठमाडौं लगायतका ठाउँहरुलाई कर्मथलो बनाएर बस्दै आएका व्यक्तिहरु सहभागी भएका थिए । सो अवसरमा ९४ वर्षकी दुर्गादेवी राना, ८६ वर्षीय नेत्रप्रसाद अचार्य, ८० वर्षका कृष्णप्रसाद अचार्य, पूर्व शिक्षक लक्ष्मीप्रसाद आचार्य लगायत ६० वर्षमाथिका १६ जना वृद्ध-वृद्धालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दर्लाम डाँडामै जन्मिएकी बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी आचार्यले भावनात्मक रुपले सबै एक ठाउँमा उभिनु सकारात्मक भएको उल्लेख गरिन् । आफ्नो माईति गाउँका व्यक्तिहरु एक ठाउँमा उभिएको देख्दा आफूलाई समेत खुसी लागेको उनले बताइन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १९ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका