६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच अनुभव आदानप्रदान तथा सेवा सुधारबारे छलफल 



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले हालसम्म गरेका क्रियाकलाप तथा आगामी योजना बारे जानकारी गराएका थिए । अस्पतालमा कुनै पनि सेवाग्राहीको गुनासो नआउने गरि सेवा प्रवाह गर्न गरिएका प्रयास बारे उनले जानकारी गराए । सही व्यवस्थापन र योजना कार्यान्वयनले नै न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम हुन सफल भएको उनले बताए । यसैगरी अस्पतालको स्तरोन्नती र नयाँ बन्ने १२ तल्लाको नयाँ भवन र थपिने स्वास्थ्य स्वा बारे मेसु डा. थापाले जानकारी गराएका थिए ।

सुर्खेत अस्पताल बिकास समितिका अध्यक्ष, निर्देशक डम्बर खड्का तथा नर्सिङ प्रमुख सकुनतला गौलीसहितको टोलीलाई लुम्बिनी अस्पतालका मेसु डा. थापासहित नर्सिङ प्रमुख ज्योती पौडेल तथा प्रशासकीय अधिकृत राजन केसी लगायतले स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा दुबै अस्पतालमा विभिन्न विभागीय कक्ष र स्वास्थ्य उपचारका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ०२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस