१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच अनुभव आदानप्रदान तथा सेवा सुधारबारे छलफल 



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले हालसम्म गरेका क्रियाकलाप तथा आगामी योजना बारे जानकारी गराएका थिए । अस्पतालमा कुनै पनि सेवाग्राहीको गुनासो नआउने गरि सेवा प्रवाह गर्न गरिएका प्रयास बारे उनले जानकारी गराए । सही व्यवस्थापन र योजना कार्यान्वयनले नै न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम हुन सफल भएको उनले बताए । यसैगरी अस्पतालको स्तरोन्नती र नयाँ बन्ने १२ तल्लाको नयाँ भवन र थपिने स्वास्थ्य स्वा बारे मेसु डा. थापाले जानकारी गराएका थिए ।

सुर्खेत अस्पताल बिकास समितिका अध्यक्ष, निर्देशक डम्बर खड्का तथा नर्सिङ प्रमुख सकुनतला गौलीसहितको टोलीलाई लुम्बिनी अस्पतालका मेसु डा. थापासहित नर्सिङ प्रमुख ज्योती पौडेल तथा प्रशासकीय अधिकृत राजन केसी लगायतले स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा दुबै अस्पतालमा विभिन्न विभागीय कक्ष र स्वास्थ्य उपचारका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ०२ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन