३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बागलुङको निसीखोलमा बस दुर्घटना, ७ जनाको मृत्यु



पोखरा । बागलुङको निसीखोलमा बस दुर्घना हुँदा ७ जनाको ज्यान गएको छ । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २० जनाभन्दा बढी घाइते भएका छन् ।

बागमती प्रदेश ०१ ००६ ख ३८७९ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए । गाडीमा ३२ जना यात्रु रहेको बताइएको छ ।

घाइतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ०४ बजे

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको