२ पुस २०८२, बुधबार | December 17, 2025

बहुलता र बहु पहिचान भएको नेपाललाई एकल चिन्तन र सोँचबाट संबिधान बनाईयो र शासन चलाईयो : राजेन्द्र महतो



नेपालगन्ज । मधेसबादी दलबाट अलग्गिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका नेता राजेन्द्र महतोले कुर्सी जोगाउन नेपालका शासकहरू बाहिरी मुलुकको गुलामीमा लिप्त हुने गरेको टिप्पणी गरेका छन् । झापादेखि कञ्चनपुरसम्सको कार्यक्रमका क्रममा नेपालगन्ज पुगेका नेता महतोले कुर्सी जोगाउनका लागि शासकहरु कहिले बेइजिङ र कहिले दिल्ली पुग्ने गरेको आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारलाई २४ सै घण्टा कुर्सीको सुरक्षाको चिन्ता रहने गरेको बताउँदै उनले सरकार देशको विकास भन्दा कुर्सी जोगाउने ध्याउन्नमा लागि रहेको बताए । उनले नेपालको अहिले अवस्था भन्दा तल जाने ठाँउ नभएको बताउँदै अव पनि तल गए देश नै नरहने चेतावनी दिए । देशलाई तल झार्नमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको उनको भनाई छ ।

उनले नेपाल एकल राष्ट्रिय राज्य नभएको जिकिर गर्दै बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित आफुले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेको जानकारी दिए । ‘बहुलता र बहु पहिचान भएको नेपाललाई एकल चिन्तन र सोँचबाट संबिधान बनाईयो र शासन चलाईयो ।’ उनले भने ।

सबै राष्ट्रियता मिलेर नै नेपाल बनेको बताउँदै नेता महोतोले भने – ‘शासन एउटाको हुन्छ ? एकल राष्ट्रिय राज्यबाट देश चल्छ ? त्यही भएर त देश बिगारेको हो ।’

उनले बहुलराष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्तिको अभियान थालेका बताए । आफुले देश चलाउने र संविधान बनाउने काममा अवसर नपाएको उनको गुनासो छ । उनले देशमा स्वदेशवाद लागू नहुँदासम्म समृद्धिको आकांक्षा पूरा नहुने ठोकुवा गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ५८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन