१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एनआरएनएले ‘लगानी शिखर सम्मेलन-२०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने



काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएले ूलगानी शिखर सम्मेलन २०२४ू मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ ।

संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो।

सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।

छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसंग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसँग अनुरोध गरे ।

विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गरे । छलफलमा अध्यक्ष डा केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : २३ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले