१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग



भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन । साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन ।

यही चैत ३ गते हतुवागढी-७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले आर्थिक सहयोग गरिएको छ । आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम गरेको मुख्यमन्त्री कार्कीले बताए । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले बताए ।

भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका-९ हसनपुर र वेलका नगरपालिका-७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : २२ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय