७ चैत्र २०८२, शनिबार | March 21, 2026

गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन् ।

देशमा जारी माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय नेता कोइरालाको योगदानलाई स्मरण गर्दै कार्यक्रम हुन लागेका हुन् । सशस्त्र द्वन्द्वमा लागेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

विस २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो । त्यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

पूर्वप्रधानमन्त्री कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले विसं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो ।

नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो ।

चारपटक मुलुकको प्रधानमन्त्री बनेका नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास भएको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ११ : २७ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।