२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देही सुपरलिग : स्टार १४६ रनले विजयी



भैरहवा । स्टार क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा बुटवल युथमाथि सहज जित निकालेको छ । स्टारले बुटवलाई १ सय ४६ रनले हराउँदै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरमा ३०.१ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ४३ रनको उच्च योगफल बनायो । उसका लागि आरिफ खाँनले ८८ रनको अर्धशतकीय पारी खेल्दा इरफान खाँनले ४०, अंकित बीएमले २४, सुभम खनालले अविजित ११ र रञ्जित मौर्यले १० रनको योगदान दिए । बलिङमा बुटवल युथका विनित अधिकारीले ३, अजय चौधरी र अनिल चौधरीले समान २-२ तथा प्रविण ढकालले १ विकेट हात पारे ।

२ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको बुटवल युथ ३८.२ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका सुभम खनालले ४, निरज मौर्य र सुभम पाण्डेले २-२ तथा आरिफ खाँन र पुरुषोत्तम भट्टराईले १-१ विकेट लिन सफल भए । बुटवलका राजिव परियारले १९, अजय चौधरीले १७, सोनु मल्लाहले १४, विनित अधिकारीले ११ र अभिषेक पटवाले १० रन बनाए । स्टारका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : ३९ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा