४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट बुझाउनु पर्दैन : विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताएका छन्।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भइ बयान दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभएको बताएका हुन् । चौधरीले आफु संसदमै भएको बेलामा तीन मिनेटभित्र अनुसन्धानको बारेमा संचारमाध्यमहरुलाई जानकारी गराएर स्टन्ट गर्न खोजिएको आरोप लगाए । यसबाट के उद्देश्य हो भन्ने प्रष्ट हुन्छ उनले भने । ‘मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो’, उनले भने, ‘म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ ।’

सांसद चौधरीले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको आरोप समेत लगाए । उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेर नराम्रो गरेको बताए । ‘राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको छ’ उनले भने, ‘यसबाट नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपछ ।’

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : ३४ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता