२३ चैत्र २०८२, सोमबार | April 6, 2026

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की



काठमाडौं । अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।

छड्के’मा बिन्दु र ‘पशुपति प्रसाद’मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शकसमक्ष ल्याए ।

विपिनले आफैँ पनि हिरो भन्छु भन्दा कसैले पत्याएनन् । ‘म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरे । तर, ती सबको प्रवाह नगर्दै मलाई निर्देशक भट्टराई र षट्कोण आर्ट्सले हिरो बनाए । त्यहि कारण मेरो अभिनय यात्रा यहाँसम्म आइपुगेको छ’, अभिनेता कार्कीले भने ।

उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेका छन् । प्रिमियरमा फिल्म हेरिसकेपछि रमाइलोसँगै यसपटक फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशलाई समेत समावेश गरिएको उनले बताए ।

जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । यसले हामीलाई हसाउने र रमाउनेसँगै दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हासिन्छ, रोइन्छ, केही सिकिन्छ । दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुन्छ, म दावी गर्छु’, अभिनेता कार्कीले भने ।

विपिनले निर्वाह गरिरहेको भूमिका र उहाँको क्षमतालाई हेरेर ‘जात्रा’ मा लिईएको निर्देशक भट्टराईले बताए । ‘उहाँलाई प्राय फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहदा त्यस्तो मान्छेले इमान्दार व्याक्व्याक्तिको भूमिकालाई कसरी निर्वाह गर्न सक्छ भन्ने लगेर प्रस्तुत गरेका हौँ । उहाँसँग त्यस अगाडि नै टेलिफिल्ममा काम गरिसकेको थिएँ’, निर्देशक भट्टराईले भने ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा रिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : ४२ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती