१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की



काठमाडौं । अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।

छड्के’मा बिन्दु र ‘पशुपति प्रसाद’मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शकसमक्ष ल्याए ।

विपिनले आफैँ पनि हिरो भन्छु भन्दा कसैले पत्याएनन् । ‘म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरे । तर, ती सबको प्रवाह नगर्दै मलाई निर्देशक भट्टराई र षट्कोण आर्ट्सले हिरो बनाए । त्यहि कारण मेरो अभिनय यात्रा यहाँसम्म आइपुगेको छ’, अभिनेता कार्कीले भने ।

उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेका छन् । प्रिमियरमा फिल्म हेरिसकेपछि रमाइलोसँगै यसपटक फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशलाई समेत समावेश गरिएको उनले बताए ।

जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । यसले हामीलाई हसाउने र रमाउनेसँगै दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हासिन्छ, रोइन्छ, केही सिकिन्छ । दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुन्छ, म दावी गर्छु’, अभिनेता कार्कीले भने ।

विपिनले निर्वाह गरिरहेको भूमिका र उहाँको क्षमतालाई हेरेर ‘जात्रा’ मा लिईएको निर्देशक भट्टराईले बताए । ‘उहाँलाई प्राय फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहदा त्यस्तो मान्छेले इमान्दार व्याक्व्याक्तिको भूमिकालाई कसरी निर्वाह गर्न सक्छ भन्ने लगेर प्रस्तुत गरेका हौँ । उहाँसँग त्यस अगाडि नै टेलिफिल्ममा काम गरिसकेको थिएँ’, निर्देशक भट्टराईले भने ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा रिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : ४२ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको