९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम



हुम्ला । दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।

गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित बस्ती, खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले जानकारी दिए । स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताए । गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर बिरामीको पहिचान गरिनेछ।

कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् । गाउँपालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । वडा १ देखि ५ सम्मका सबै बस्तीमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिने छ । यो अभियान वडा नम्बर ४ मा सम्पन्न भएर वडा नम्बर १ मा सुरु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : २८ बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित