१५ चैत्र २०८२, आइतबार | March 29, 2026

मस्कोमा आतंकवादी हमलाः सि चीनफिङले पठाए पुटिनलाई समवेदना सन्देश



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भएको गम्भीर आतंककारी हमलाप्रति समवेदना सन्देश पठाएका छन । मस्कोको क्रोकस सिटी हलमा शुक्रबार राती भएको आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको घटनामा चिनियाँ राष्ट्रपतिले समवेदना सन्देश पठाएका हुन ।

मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राती रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते हुन पुगेका थिए ।

सो हमला पछि उक्त कन्सर्ट  भवनमा ठूलो आगो लागेको थियो, जसको कारण थिएटर नजिकैको छतको केही भाग ध्वस्त भएको थियो तर अहिले प्राय जसो निभिसकेको बताइएको छ।

इस्लामिक स्टेट समूहले आक्रमण गरेको दाबी गरेको उक्त घटनामा  जिम्मेवार व्यक्ति भने भागेको बताएको छ। अहिलेसम्म कसैलाइ नियन्त्रणमा लिइएको अझै रूसले खुलाएको छैन् ।

अमेरिकाले रूसमा यस्तो खाले हमला हुन्छ भन्ने दावी पहिले नै गरेको खुलेको छ । ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा नै मस्कोमा ‘ठूलो जमघटमा सम्भावित आक्रमणको चेतावनी दिएको बताएको छ। तर, अमेरिकाले यस अघि जारी गरेको चेतावनीलाइ लिएर अहिलेसम्म रुसले भने अझै पनि कुनै टिप्पणी गरेको छैन् ।

युक्रेनले भने रुसमा भएको सो हमलामा आफ्नो कुनै कुनै पनि संलग्नता नरहेको जनाएको छ ।

बीबीसीले सार्बजनिक गरेको भिडियो फुटेजहरूमा आक्रमणकारीहरूले भाग्न खोजिरहेका नागरिकहरूलाई अन्धाधुन्ध गोली चलाएको देखाइएको छ भने धेरै विस्फोटका आवाजहरू पनि सुन्न सकिन्छ। काउन्टीको नेशनल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेकोले रूसभरि कार्यक्रमहरू रद्द भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति पुटिनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन् तर एक उपप्रमुखले भने सो घटनामा परेका मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : ०७ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई