७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम



काठमाडौं । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले झण्डोत्तोलन कार्यक्रम आयोजना गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावासमा आयोजित एक कार्यक्रममा सो देशको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका लागि कायद(ए(आजम मुहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र पुर्खाहरूको बलिदानलाई स्मरण गरेका छन् । उनले विगतका उपलब्धिहरूमाथि प्रकाश पार्दै कास्मिर र प्यालेस्टिनी जनतामाथि भैरहेको क्रुरता अन्त्यको प्राथना समेत गरेका छन् ।

यस्तै, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई शुभकामना दिएका छन्। उनले आफ्नो सन्देशहरूमा मुद्रास्फीति र आतंकवाद लगायतका बहुमुखी चुनौतिहरूलाई पार गर्दै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको त्रिभुवन बनाउने राष्ट्रको संकल्प व्यक्त गरेका छन् ।

यसैगरी, विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तान राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको सर्वोच्चताको पक्षमा उभिँदै आएका बताएका छन् ।

आफ्नो मन्तव्यमा राजदूत हाश्मीले सन् १९४० मा मुस्लिमहरूको दृढ संकल्प र संकल्प र पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको स्मरण गरे। उनले नेपाल–पाकिस्तान सम्बन्धलाई थप मजबुत बनाउन दूतावासले गरिरहेको प्रयासका बारेमा प्रकाश पारे ।

समारोहमा नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी र उनीहरुका परिवारको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ३१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११