१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम



काठमाडौं । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले झण्डोत्तोलन कार्यक्रम आयोजना गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावासमा आयोजित एक कार्यक्रममा सो देशको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका लागि कायद(ए(आजम मुहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र पुर्खाहरूको बलिदानलाई स्मरण गरेका छन् । उनले विगतका उपलब्धिहरूमाथि प्रकाश पार्दै कास्मिर र प्यालेस्टिनी जनतामाथि भैरहेको क्रुरता अन्त्यको प्राथना समेत गरेका छन् ।

यस्तै, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई शुभकामना दिएका छन्। उनले आफ्नो सन्देशहरूमा मुद्रास्फीति र आतंकवाद लगायतका बहुमुखी चुनौतिहरूलाई पार गर्दै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको त्रिभुवन बनाउने राष्ट्रको संकल्प व्यक्त गरेका छन् ।

यसैगरी, विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तान राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको सर्वोच्चताको पक्षमा उभिँदै आएका बताएका छन् ।

आफ्नो मन्तव्यमा राजदूत हाश्मीले सन् १९४० मा मुस्लिमहरूको दृढ संकल्प र संकल्प र पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको स्मरण गरे। उनले नेपाल–पाकिस्तान सम्बन्धलाई थप मजबुत बनाउन दूतावासले गरिरहेको प्रयासका बारेमा प्रकाश पारे ।

समारोहमा नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी र उनीहरुका परिवारको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ३१ बजे

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा