१० श्रावण २०८३, आइतबार | July 26, 2026

गृहमन्त्रीको राजीनामा माग्ने निर्णय पार्टीको संस्थागत निर्णय होइन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा शर्माले सो कुरा बताएका हु्न । तर, उनले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्ति अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शङ्का उत्पन्न भएको उल्लेख गरे ।

उनले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक सङ्कट निम्तियो भनेर आत्तिन नहुने धारणा पनि राखे।

महामन्त्री शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताए । झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। “झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो”, उनले भने ।

महामन्त्री थापाले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँडेका स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो”, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताए। उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गरे ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताए । विस २००१ मा जन्मिएका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ४७ बजे

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त