१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छ : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएमा धेरै काम हुने बताएका छन् ।

काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए ।

कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उनले सदनमा जवाफ दिन पाए राम्रो हुने बताए । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उनले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याए । उनले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताए ।

थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम(२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पारे । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ४२ बजे

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त