६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

चन्द्रकोट समाज बुटवलको अध्यक्षमा पुन क्याप्टेन दलबहादुर थापा निर्वाचित



तिलोत्तमा । चन्द्रकोट समाज बुटवलको ११ औं बार्षिक साधारण सभा एवं चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । बुटवल जितगढीस्थित चन्द्रकोट समाजद्धारा निर्माण गरिएको खडक देवताको मन्दिर परिसरमा सम्पन्न अधिवेशनले क्याप्टेन दलबहादुर थापा अध्यक्ष रहेको ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित समितिकोे उपाध्यक्षमा सुवेदार मेजर पृथ बहादुर थापा, वरिष्ठ उपाध्यक्षमा क्याप्टेन बाबुलाल थापा, सचिवमा गंगा बहादुर केसी, सहसचिवमा खुम बहादुर कुवँर, कोषध्यक्षमा सुवेदार धन बहादुर कार्की र सदस्यमा बीना थापा, दीपा थापा, राजकुमार फौदार लगायत निर्वाचित भएका छन ।

यसैगरी अधिवेशनले गिरिराज शर्मा संयोजक रहेको ३ सदस्सीय लेखा समिति समेत चयन छ । लेखा समितिको सदस्यद्धयमा क्याप्टेन हरि बहादुर खत्री र केशव सुवेदी निर्वाचित भएका छन । यसअघि शनिबार नै सम्पन्न ११ औं साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक विकाशमन्त्री सुर्दशन बरालले संस्थाले सामाजिक क्षेत्रमा उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

संस्थागत विकाशसँसँगै सामाजिक कार्यहरुमा समेत आफुलाई अब्बल बनाउन लागिपरेको भन्दै उनले चन्द्रकोट समाजलाई धन्यबाद दिए । कार्यक्रममा अध्यक्षको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्याप्टेन दलबहादुर थापाले सवैको साथ सहयोग र सहकार्यबाट संस्था अगाडी बढेको भन्द्यै आफुलाई पुन अध्यक्षमा विजयी बनाएकोमा सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझ योजनाबद्ध ढंगबाट अगाडी बढने प्रतिबद्धता ब्यक्त गरे ।

विभिन्न ब्यक्ति विशेषलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा कोषध्यक्ष सुवेदार धन बहादुर कार्कीले कोषध्यक्षको प्रतिबेदन पेश गरेका थिए भने कार्यक्रमको संचालन क्याप्टेन हरि बहादुर खत्रीले गरेका थिए । चन्द्रकोट समाजले बुटवलस्थित जितेश्वरी सामुदायिक वनले उपलब्ध गराएको जग्गामा मिनि पार्क बनाई खडक देवताको मन्दिर निर्माण, फोन्टेन, बालबालिका लागी खेल्नका लागी चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय लगायतका संरचना निर्माण भैसकेका छन भने अन्य संरचनाहरु समेत निर्माणका क्रममा रहेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ०४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस