२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आईपीएल : लखनउमाथि राजस्थान २० रनले विजयी



काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले खेल २० रनले जितेको थियो ।

लखनउका लागि निकोलस पुरनले ६४ र कप्तान केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन् । लखनउका लागि दीपक हुडडाले २६ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने नान्ड्रे बर्गर, आर आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले अर्बधिक ८२ रन बनाएका थिए । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहेका थिए । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाएका थिए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिएका थिए भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।

यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : १७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य