२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

आइपिएल : मुम्बईमाथि गुजरात टाइटन्सको ६ रनको रोमाञ्चक जित



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ । गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो ।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४६ रन बनाए भने रोहित शर्माले ४३ रन बनाएका थिए । त्यसैगरी तिलक बर्माले २५ र टिम डेविड तथा कप्तान हार्दिक पाण्डेयले ११-११ रन बनाएका थिए ।

त्यसैगरी गुजरात टाइटन्सका बलर अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २-२ विकेट लिएका थिए भने साइ किशोरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन बनाएका थिए । त्यसैगरी राहुल तेवातियाले २२, रिद्धिमान शाहले १९, अज्मतुल्लाह ओमरजाईले १७ रन बनाएका थिए ।

त्यसैगरी मुम्बई इण्डियन्सका बलर जसप्रित बुमराहले सर्बाधिक ३ विकेट लिए भने गेराल्ड कोएत्जेले २ तथा पियुष चावलाले एक विकेट लिएका थिए ।

यो जितपछि गुजरातले महत्वपूर्ण २ अंक हासिल गरेको छ भने मुम्बईले आइपिएल सिजनको पहिलो खेलमा फेरि हार बेहोरेको छ । मुम्बईले २०१३ यताका आइपिएलको पहिलो खेलमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : २२ बजे

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता