५ बैशाख २०८३, शनिबार | April 18, 2026

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप



हुम्ला । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए ।

हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताए ।

जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ०५ बजे

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले