१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एकीकृत समाजवादीको महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

देशभर महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय सङ्गठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ । महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : १० बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै