२६ माघ २०८२, सोमबार | February 9, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दूई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : ३७ बजे

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी