११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

मध्यमा परिक्रमा पथभित्र आज होली मनाइँदै



महोत्तरी । प्राचीन मिथिला संस्कृतिको मुख्य केन्द्र जनकपुरधामसहित मिथिला मध्यमा परिक्रमा पथ ९वृत्त० भित्र आज होली (होरी, फागु) पर्व मनाइँदै छ ।

मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरेको भोलिपल्ट होली मनाइने पुरानो स्थापित चलनअनुसार मध्यमा परिक्रमा पथभित्र आज होली मनाइरहेको हो । माध्यमिकी परिक्रमाको अन्तिम कडी अन्तर्गृह परिक्रमा सोमबार गरिएको थियो ।

जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर नेपाल र भारतको गरी एक सय ३३ किलोमिटर वृत्तभित्र १५ दिने मिथिला मध्यमा परिक्रमाको परम्परा छ । फागुन औँसीका दिन सुरु गरिने यो यात्रा १६ औँ दिन बिहान अन्तर्गृह परिक्रमासँगै सम्पन्न भएपछि परिक्रमा पथभित्र होलीको तयारी सुरु हुन्छ । परिक्रमामा सहभागीहरु घर फर्केर होली मनाउने परम्परा बसेपछि मिथिलाको यो क्षेत्रभित्र यसपालिको होली आज मनाइँदै गरिएको हो ।

मध्यमा परिक्रमा पथभित्र जनकपुरधाम, जलेश्वर, महेन्द्रनगर, धनुषाधाम, लोहारपट्टि र मटिहानीसहितका नगरक्षेत्र पर्दछन् । यसबाहेक भङ्गाहा, बलवा, पिपरा, महोत्तरीसहितका स्थानीय तह यसै वृत्तभित्र छन् । यस क्षेत्रका मुख्य नगर केन्द्रमा आज होली पर्वको रौनक छ । यसअघि गत आइतबार पर्वते मूलका हिन्दूले र मधेसका साधुसन्त, मठ परम्पराका अनुयायी र मधेशका विभिन्न ठाउँका बासिन्दा सर्वसाधारणले सोमबार नै होली मनाइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : ५२ बजे

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका