१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपालमा वार्षिक ३५ सय मेट्रिक टन मात्रै मह उत्पान, माग भने ८ हजार मेट्रिक टन



सर्लाही। ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।

नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारी’ को भन्ने कार्यक्रमको मूल नारा रहेको थियो । सर्लाहीमा करिब ३ सय जना मौरीपालक किसान रहेको भए पनि हाल १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ। उत्पादित मह सर्लाहीसहित काठमाडौं देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटाले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेको र उत्पादित मह डावर नेपाल र सालट्रिनिङलाई बिक्री वितरण गरिएको थियो ।

जलवायु परिवर्तन, वन विनाश (डडेलो) र किसान प्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको केन्द्रीय सदस्य देवकोटाले बताए । पछिल्लो समय तेस्रो मुलुकबाट निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी किसानहरूले बताए ।

नेपालमा वार्षिक ३ हजार ५ सय मेट्रिक टनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ वार्षिक ८ हजार मेट्रिक टन भन्दा बढी महको माग रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ३१ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र