८ माघ २०८२, बिहिबार | January 22, 2026

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

अघिल्लो हप्तामा आएको थियो मेयर हमाललाई ज्यान मार्ने धम्की



धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको छ ।

भारतको गोवा बस्ने शुभचिन्तकहरुलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ, आरतीको खोजी गर्न आज (मंगलबार) रातिको गोवा पुग्ने जनाउँदै त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।

नगर प्रमुख हमाललाई अघिल्लो हप्ता मात्र ज्यान मार्ने धम्की आएपछि हमालले सुरक्षाका लागि प्रशासनलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ०२ बजे

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू

प्रतिनिधिसभा निर्वाचन काठमाडौं : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो