२९ भदौ २०८३, सोमबार | September 15, 2026

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

अघिल्लो हप्तामा आएको थियो मेयर हमाललाई ज्यान मार्ने धम्की



धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको छ ।

भारतको गोवा बस्ने शुभचिन्तकहरुलाई खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ, आरतीको खोजी गर्न आज (मंगलबार) रातिको गोवा पुग्ने जनाउँदै त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।

नगर प्रमुख हमाललाई अघिल्लो हप्ता मात्र ज्यान मार्ने धम्की आएपछि हमालले सुरक्षाका लागि प्रशासनलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ