४ पुस २०८२, शुक्रबार | December 20, 2025

कञ्चनपुरमा वन रक्षकमाथि चितुवाको आक्रमण



कञ्चनपुर। कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ।

डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। थापाको हातमा चोट लागेको छ। थापा जमदारका रुपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्दारको काम गर्दै आएका थिए।

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृती सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्दार गरिएको थियो। अहिले चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको