२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु



बर्दिया । गएराती घरको आँगनमा खेलीरहेका ढाई बर्षको बच्चालाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा न ९ भाटचोकमासाँझ करिब आठ बजेको समयमा आगनमा खेलीरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिईन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडीको भागमा घाउ भएको प्रहरीले जनाएको छ ।

साँझ करिब ८ बजे आगनमा खेलीरहेको बालक एक्कासी हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र शशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पुर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरियामा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषीराम घर्तिमगरले बताए । उनँले हिजो साँझ नै स्थानीयबासीले सो क्षेत्रमा चितुवा देखेको हुनाले बालकलाई चितुवाले आक्रमण गरेको हुनासक्ने बताए ।

गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ बर्षिय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ५६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु