२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४५ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,