२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४५ बजे

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता