२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम बिहीबार सम्पन्न भएको छ ।

तालिम समापनको अवसरमा बोल्दै प्रमख सहजकर्ता तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रोमाकान्त पाण्डेले सिकेका सीपलाई व्यवहारिक जीवनमा उतार्न आग्रह गरे । उनले सूचना र प्रविधिले दिनप्रतिदिन फड्को मार्दै गएको समयमा सञ्चारकर्मीहरुले पनि सोही अनुसार आफूलाई परिमार्जित गर्नुपर्नेमा जोड दिए ।

तालिममा उपस्थित बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले प्रविधिको पूर्ण ज्ञान नहुँदा धेरै कुराबाट असुरक्षित हुनुका साथै प्राप्त अवसरहरु समेत गुमाउनुपर्ने बताउँदै समयअनुसार आफूलाई अपडेट गराउनुपर्ने उल्लेख गरे ।

रुपन्देहीमा क्रियाशील ३ दर्जन बढी प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजीकरण गरिएको थियो ।

तालिममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेर बहादुर के।सी।, प्रेस चौतारीका सल्लाहकार दिनेश पाण्डेय, बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ तथा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका निवर्तमान महासचिव सिपी खनाल लगायतले सहजीकरण गरेका थिए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडियाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडिया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा विकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई विकसित र परिमार्जित गर्नुपर्ने बताए । सोही उद्देश्यअनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको बताए ।

तालिममा डिजिटल मिडियामा अवसर र चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजिटल मिडियाका आयाम, सोसल मिडियाको प्रयोग, समाचार स्रोत र ईस्युबारे छलफल गरिएको प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष तथा तालिमका संयोजक विपी गौतमले बताए ।

तालिमको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ५२ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला