९ पुस २०८२, बुधबार | December 24, 2025

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम बिहीबार सम्पन्न भएको छ ।

तालिम समापनको अवसरमा बोल्दै प्रमख सहजकर्ता तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रोमाकान्त पाण्डेले सिकेका सीपलाई व्यवहारिक जीवनमा उतार्न आग्रह गरे । उनले सूचना र प्रविधिले दिनप्रतिदिन फड्को मार्दै गएको समयमा सञ्चारकर्मीहरुले पनि सोही अनुसार आफूलाई परिमार्जित गर्नुपर्नेमा जोड दिए ।

तालिममा उपस्थित बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले प्रविधिको पूर्ण ज्ञान नहुँदा धेरै कुराबाट असुरक्षित हुनुका साथै प्राप्त अवसरहरु समेत गुमाउनुपर्ने बताउँदै समयअनुसार आफूलाई अपडेट गराउनुपर्ने उल्लेख गरे ।

रुपन्देहीमा क्रियाशील ३ दर्जन बढी प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजीकरण गरिएको थियो ।

तालिममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेर बहादुर के।सी।, प्रेस चौतारीका सल्लाहकार दिनेश पाण्डेय, बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ तथा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका निवर्तमान महासचिव सिपी खनाल लगायतले सहजीकरण गरेका थिए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडियाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडिया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा विकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई विकसित र परिमार्जित गर्नुपर्ने बताए । सोही उद्देश्यअनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको बताए ।

तालिममा डिजिटल मिडियामा अवसर र चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजिटल मिडियाका आयाम, सोसल मिडियाको प्रयोग, समाचार स्रोत र ईस्युबारे छलफल गरिएको प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष तथा तालिमका संयोजक विपी गौतमले बताए ।

तालिमको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ५२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना