२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ०४ बजे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी