२६ माघ २०८२, सोमबार | February 9, 2026

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव



महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिले कारागार प्रशासनसहितको सहभागितामा गरेको अनुगमनबाट पनि यो जीर्ण भएकाले तत्काल जीर्णोद्धार थाल्नुपर्ने सुझाव दिएको छ ।

समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव तथा गोमा सापकोटा र समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागार अनुगमन गरेको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको प्रतिनिधिसभा सदस्य नगिना यादवले बताए ।

“कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी/थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न कठिन रहेछ”, यादवले भने, “करिब डेढ फिट चौडा ठाउँमा ओल्टोकोल्टो फेर्न पनि नपाइने गरी कैदी बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त रुग्ण देखियो ।” जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षताको कारागारमा आज ५८४ जना रहेका कारागार प्रशासनले नै जनाएको छ ।

कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनका कुनै सुविधा छैनन् । औषधोपचार पनि चाहिएको बेला पाउन नसकिएको कैदी/थुनुवाले बताएका यादवको भनाइ छ । सबैभन्दा गम्भीर कुरा त १६७ वर्ष पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइँ डरमर्दो देखिएको अर्का सदस्य गोमा लाभ सापकोटाले बताए । विक्रम संवत् १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका भवनमा अझै कारागार सञ्चालन हुदै आएको हो ।

“जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन, कतै छतको प्लास्टर उप्किएर झर्दोछ”, प्रतिनिधिसभा सदस्य सापकोटा भन्छन, “जतिखेर पनि कैदी/थुनुवा त्रासमा रहेछन् ।” सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने पहिलो आवश्यकता देखिएको सापकोटा बताउँछन । जीर्ण कारागार भवन यदाकदा टालटुलबाहेक राम्ररी मर्मतसम्भार नगरिएको कैदी थुनुवाको भनाइ छ ।

प्रत्येक वर्ष बर्खाकालमा पानी जम्ने र बर्खाको भेलले नगरको फोहर कारागारभित्र छिर्दा आफूहरुको बसाइँ अत्यन्त कष्टकर बन्ने गरेको कैदीबन्दीले बताएका छन् । हिउँदमा घाम नदेखिँदा सिमेन्टको चिसो, गर्मीमा उखरमाउलो ताप खेप्नु नियति नै बनेको कैदी थुनुवाको गुनासो छ । कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि लामो पालो पर्खन पर्दा सरसफाइको कमीले अधिकांश कैदी थुनुवामा चर्मरोग भएको छ । विभिन्न रोगले गाँजेका कैदी थुनुवा पनि सराबरी बस्दा चर्मरोगको सङ्क्रमण चाँडै फैलिएको हो । कारागारमा ससाना २४ कोठा, १५ वटा शौचालय, सातवटा चापाकल र छ धारा छन् । करिब ६०० सङ्ख्याका कैदी थुनुवाले दैनिक नित्यकृया पनि ठीक समयमा गर्न नपाएको गुनासो गरेका छन् ।

धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी बढेका कारागार प्रशासनले जनाएको छ । कूल कैदी थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउँछन । जलेश्वरमा कारागारको छ बिघा ११ कट्ठा १७ धुर जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन । आफ्नै जग्गामा आधुनिक सुविधा सम्पन्न खुला कारागारको अवधारणाअनुसारको प्रस्ताव गृह तथा अर्थ मन्त्रालयमा पु¥याइए पनि त्यसले गति नलिएको सूचना अधिकारी ठाकुरको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ३२ बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु