२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक



तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको विभत्स हत्या अभियोगमा प्रहरीले सागर भनिने देवलाल सार्कीलाई सार्वजनिक गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी हत्यामा संलग्न भएको भन्दै शुक्रबार छिमेकी लप्सीखोलाका १९ वर्षीय सार्कीलाई सार्वजनिक गरेको हो ।

गत मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सामान्य विवादका कारण आवेग थाम्न नसकी धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष अभियुक्त सार्कीले स्वीकार गरेको बताए ।

उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ । त्यस्तै गोठबाट मृतकको मोबाइल फेला परेको उनको भनाइ छ । शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । मृतक पद्माका बुवा दलबहादुर सुनारले हिजो नै किटानी जाहेरी दिएका छन् ।

शुक्रबारै मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सुनारको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : ४६ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको