३ आश्विन २०८३, शनिबार | September 20, 2026

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग



झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् ।

लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताए । “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उनले भने, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।”

झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग सङ्कटमा पर्दै गएका बताए । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उनले भने, “सरकारको नीति निर्यातमुखीभन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योग टिक्नसक्ने र स्वदेशी उत्पादन बिक्नसक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

जिल्लास्थित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग-व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले नीति बनाउनुपर्नेमा जोड दिए । “विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उनले भने, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको बताए । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो”, उनले भने, “पुनःत्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौैं ।”

बेकरी उद्योगमा दक्ष कामदार ९ओभन मास्टर० को अभाव भएको र भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी-व्यवसायीले गुनासो गर्दै आएका सापकोटाले बताए । उनले सोको समाधानका लागि कार्यालयले चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

बेकरी उद्योग सङ्घमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्षपरोक्ष रुपमा रोगजारी प्रदान गरिरहेका सङ्घकी सदस्य भीमा शिवाकोटीले जानकारी दिए । उनले निरन्तर कच्चापदार्थको मूल्यवृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताए ।

दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको मागअनुसारको पारिश्रमिक दिनेसक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैधरुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : २३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब