२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

आइपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) माथि शानदार जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए । क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए। कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए ।

आरसीबीको इनिङस धरापमा पार्न हर्षित राना र आद्रे रसेलले समान दुईदुई विकेट लिए भने सुनिल नारायणले एक विकेट हात पारे ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले पाएको १८३ रनको लक्ष्य १६ दशमलव ५ बलमै पूरा गरेको हो । उसका लागि वेंकटेस अय्यरले ३० बलमा ५० रन जोड्दै अर्धशतक बनाए । सुनिल नारायणले २२ बलमा ४७ रनको योगदान दिए भने फिल साल्टले २० बलमा ३० रन जोडे । कप्तान श्रियस य्यरले नटआउट ३४ बलमा ३९ रन बनाउँदा रिंकु सिंह नटआउट ५ बलमा ५ रनमै समेटिए । तीन विकेटको क्षतिमा कलकताले १८६ रन बनाउँदै आरसीबीमाथि ७ विकेटको शानदार जित निकालेको हो ।

आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे ।

यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ ।

शनिबार लखनउ सुपर जाइन्ट र पञ्जाब किंग्सको खेल हुँदैछ । यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ५४ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१