२७ भदौ २०८३, शनिबार | September 12, 2026

आइपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) माथि शानदार जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए । क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए। कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए ।

आरसीबीको इनिङस धरापमा पार्न हर्षित राना र आद्रे रसेलले समान दुईदुई विकेट लिए भने सुनिल नारायणले एक विकेट हात पारे ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले पाएको १८३ रनको लक्ष्य १६ दशमलव ५ बलमै पूरा गरेको हो । उसका लागि वेंकटेस अय्यरले ३० बलमा ५० रन जोड्दै अर्धशतक बनाए । सुनिल नारायणले २२ बलमा ४७ रनको योगदान दिए भने फिल साल्टले २० बलमा ३० रन जोडे । कप्तान श्रियस य्यरले नटआउट ३४ बलमा ३९ रन बनाउँदा रिंकु सिंह नटआउट ५ बलमा ५ रनमै समेटिए । तीन विकेटको क्षतिमा कलकताले १८६ रन बनाउँदै आरसीबीमाथि ७ विकेटको शानदार जित निकालेको हो ।

आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे ।

यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ ।

शनिबार लखनउ सुपर जाइन्ट र पञ्जाब किंग्सको खेल हुँदैछ । यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ५४ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक