१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अफ्रिकाका पुर्व राष्ट्रपति जुमालाई कारले ठक्कर दियो, बचे बालाबाल



काठमाडौं। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका छन् ।

सो कार दुर्घटनामा परे पनि उनी भने सकुशल रहेको अफ्रिकन सञ्चारमाध्यमले जनाएका छन् ।

मादक पदार्थ सेवन गरेका एक ड्राइभरले आधिकारिक सशस्त्र सुबिधासहितको गाडीसँग ठक्कर दिएको प्रहरीले जनाएको छ। तर, उनका पार्टीका एक प्रमुख सदस्यले जुमालाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन् ।

अफ्रिकी नेसनल कांग्रेस (एएनसी)को निलम्बन परेका उनीलाई कार टक्कर दिने ती ड्राइभरलार्इ भने गिरफ्तार गरिएको छ ।

त्यतिबेला जुमा आफ्नो आधिकारिक सुरक्षा टोलीसहित कारमा थिए । यो दुर्घटना उनको गृह प्रान्त क्वाजुलु नातालको सडकमा भएको थियो ।

‘राष्ट्रपति संरक्षण सेवाका सदस्यहरू लगायत कोही पनि घाइते भएनन्। पूर्व राष्ट्रपतिलाई बाहिर निकालेर उनको निवासमा लगिएको थियो,’ प्रहरीको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ०९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा