८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बागमती प्रदेशमा दोश्रो पटक मन्त्रिपरिषद् विस्तार



हेटौंडा । बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्।

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिएका हुन्।

प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बनेका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्ने देखिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ०७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको