२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपिएल : पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

पञ्जावका लागि कप्तान शिखर धवनले सर्बाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए । त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ४५ बजे

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव